काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नीति र नियमले सरकारले गर्न मिल्ने कामका लागि आन्दोलन गरेर दबाब दिन आवश्यक नरहेको बताउनुभएको छ। आइतबार मन्त्रालयमा पर्यटन सम्वद्ध निजी क्षेत्रका सरोकारवाला संस्थाका प्रतिनिधिसँग छलफल गर्दै मन्त्री ढकालले जायज माग पूरा गर्नका लागि छलफल नै काफी हुने बताउनुभयो ।
पर्यटनसँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफ्नो माग पूरा नभए आन्दोलन गर्ने बताएपछि मन्त्री ढकालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘आन्दोलनको जिम्मा रहर नपुग्नेलाई दिएका छौँ । अरू नै सडकमा भएको समयमा तपाई पर्यटन व्यवसायी अहिले आन्दोलनमा जाने कुरा नगर्नुस् । छलफलबाट समाधान हुने विषय छ भने समाधान हुन्छ यदि समाधान हुन नसक्ने विषय रहेछ भने तपाईहरू माइतिघरको सडकमा बसे पनि हुन्न । म तपाईहरूका जयज माग राज्यको क्षमताले भ्याउनेमा पूरा गर्न अगुवाइ गर्छु।’
उहाँले पर्यटन व्यवसयाको समस्या समाधानका लागि राज्यले धान्ने र आफ्नो क्षमताले भ्याएसम्म लागिपर्ने बताउनुभयो । मन्त्री ढकालले कुनै अस्था र निष्ठाका आधारमा कसैमाथि विभेद नहुने बताउनुभयो । उहाँले सबै मिलेर सकेसम्म राम्रो गर्ने बतायनुभो । मन्त्री ढकालले सरकार र मन्त्रालयका तर्फबाट ध्यान नपुगेर व्यवसायीलाई समस्या परेको भए त्यो समाधानका लागि आफू तयार रहेको बताउनुभयो ।
मन्त्री ढकालले काम गर्ने कुरामा आफ्नो निजी स्वार्थ केही नरहेको बताउनुभयो । पर्यटन क्षेत्रलाई सफल बनाउनमा आफ्नो पनि पूर्ण सहयोग रहने बताउँदै मन्त्री ढकालले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा जानकारी रहेको बताउनुभयो । कार्यबिधी र गठन आदेशको बाटोबाट तत्काल निकास दिन मिल्ने कुनै विषय भए त्यसका लागि तयार रहेको बताउँदै उहाँले पर्यटन नीति आवश्यकता हेरेर अध्यादेशबाटै ल्याउनुपर्ने भए पनि त्यसका लागि आफू तयार रहेको बताउनुभयो । उहाँले नीतिका सम्बन्धमा बृहत छलफल गरेर सरोकारवाला सबैको राय र सल्लाह लिएरमात्र अघि बढ्नुपर्ने बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend