Nepal Face
  • आइतबार, १० साउन २०८३
  • योगेश भट्टराईको प्रश्न: पुर्व प्रधानन्यायाधीशहरूले कानुनका मामलामा राय नदिएर फिल्मको बारेमा दिने ?


    आइतबार, पुष २६ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेकपा प्रचण्ड-माधव नेपाल समुहका नेता तथा पूर्वमन्त्री याेगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन्।

    शनिबार एक कार्यक्रममा ओलीले संसद विघटनकाे मुद्दामा पूर्वन्यायाधीशहरूलाई नबाेल्न चेतावनी दिएका थिए।

    साेही चेतावनीकाे जवाफ स्वरूप सामाजिक सञ्जाल फेसबुक मार्फत उनले प्रश्न गरेका छन्।

    उनले फेसबुकमा लेखेका छन्,’लामो समय सर्बोच्च न्यायलयमा जिम्मेवारी लिएर स्वच्छ र नैतिक बल सहित सेवाबाट अवकास लिएका श्रीमानहरुले संबिधान र कानुनका मामलामा राय नदिएर, के फिल्मको समिक्षामा राय दिनु पर्ने हो ? शत्ता र शक्तिका बलमा नैतिकता माथि धावा नबोल । ज्ञानेन्द्रको शासनकालमा ज्ञानेन्द्रले गठन गरेको शाही आयोगलाई खारेज गर्ने यिनै श्रीमानहरुनै हुन । सलाम श्रीमानहरु तपाईंहरुको साहस र इमानको ईतिहासले सम्मान गर्नेछ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार