Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीको बिरोधमा बयलगाडा प्रदर्शन गर्दै अनेरास्ववियु


    आइतबार, पुष २६ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रतिनिधि सभा विघटनविरूद्ध बलयगाडा प्रदर्शन गर्ने भएकाे छ ।

    असंवैधानिक कदम खारेज गर, अवरूद्ध संसद सुचारू गर मुख्य नाराका साथ अनेरास्ववियु आज दिउँसो २ बजे माइतीघर मण्डलामा बलयगाडा प्रदर्शन गर्ने भएकाे हाे ।

    २०६० को दशकमा गणतन्त्रको लागि आन्दोलन हुँदा ओली त्यस्का बिरोधी थिए । उनले आन्दोलन गरेर गणतन्त्र आउने कुरा बयलगाडा चढेर अमेरिका पुग्ने भनेजस्तै हो भनी हल्का टिप्पणी गरेका थिए ।

    उनलाई त्यहीबेलादेखि बयलगाडाको विषय ल्याएर विवादमा ल्याइने गरिएको छ । नेकपा बिभाजनपछि दुबै समुहमा गाली गर्ने होड चलेको छ । त्यसैको निरन्तरता हो आजको बयलगाडा प्रदर्शन ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिन् । संसद विघटन भएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नै विराेध गरिरहेका छन् । संसद विघटन असंवैधानिक भएकाे भन्दै सर्वाेच्च अदालतमा परेका मुद्दा अहिले विचारधिन अबस्थामा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार