काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताले प्रतिनिधिसभा विघटन गर्न बाध्य पारेको बताउनुभएको छ ।
पर्वत सदरमुकाम कुश्माबजारमा नेकपा ओली समूहको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै गुरुङले सरकारलाई काम गर्न नदिएकाले संसद् विघटन गर्नुपरेको बताउनुभयो ।
प्रचण्ड–नेपाल समूहका क्रियाकलाप राष्ट्रियताविरोधी भएको आरोप लगाउँदै गुरुङले मुलुक यो परिस्थितिमा ल्याउनमा दुई जनाको मुख्य भूमिका रहेको बताउनुभयो । देश, सरकार र राष्ट्रियताविरोधी क्रियाकलाप भएको भन्दै उहाँले कुर्चीमोहले नेकपा विभाजनको सङ्घारमा पुगेको बताउनुभयो ।
मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीलाई सधैँ अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद् भङ्ग गर्ने अवस्था आएको बताउनुभयो । उहाँले मुलुकको सिमाना मिचिँदा आवाज उठाउने र गुमेको जमिन फिर्ता ल्याउने पक्षमा लाग्न आग्रह गर्नुभयो । उहाँले आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव हुने भएकाले त्यसैको तयारीमा लाग्नसमेत नेता कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend