काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको छ ।
युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताउनुभयो ।
“सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो । जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताउनुभयो । आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको उहाँले उल्लेख गर्नुभयो ।
जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरुजस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।” प्रधानमन्त्री ओलीले सम्मानित न्यायापालिकाको कदर गर्न सिक्न पनि आग्रह गर्नुभयो ।
जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उहाँले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी लोकतन्त्रवादी हौँ, जनताका बीचमा जाने निर्णय गरेका छौँ, ताजा जनादेशमा जाने पक्षमा छौँ, संविधानको कार्यान्वयन गर्ने र लोकतन्त्रको विकासमा जाने कुरा गरेका छौँ ।”
निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभयो । “सम्पूर्ण दाजुभाइ, देशवासी कोही पनि भ्रम र अन्योलमा पर्नु आवश्यक छैन”, उहाँले भन्नुभयो, “सरकारले कुनै तानाशाही व्यवस्था ल्याउँदैन, निर्वाचनको मिति एक दिन पनि तलमाथि हुँदैन ।” चुनावी वातावरणको आँधीबेहरी सिर्जना गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै उहाँले देश र जनताको पक्षमा काम नगर्ने तत्वलाई निर्वाचनबाटै पाखा लगाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा युवा सङ्घका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संसद् विघटनको विरुद्धमा बोल्नुको कुनै अर्थ नरहेको बताउनुभयो । ताजा जनादेशका लागि जनतामा जान्छु भन्नु कसरी निरंकुशता हुन्छ भन्ने प्रश्न गर्दै उहाँले निर्वाचनको मिति घोषणा गरेर जानु अग्रगमनकारी कदम भएको दावी गर्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend