Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष दाहाल स्वदेश फिर्ता


    शनिबार, पुष २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आज स्वदेश फर्कनुभएको छ ।

    पत्नी सीताको उपचारका लागि यही पुस २० गते भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई जानुभएका अध्यक्ष दाहाल आज स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    अध्यक्ष दाहालको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायतका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।

    उहाँले पन्ती सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेणु दाहाललाई छाडेर स्वदेश फर्कनुभएको उहाँको सचिवालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार