काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कार्यकक्षमै ठेकेदारहरुलाई चेक दिएर ठेक्का सेटिङ गरेको बिषय छताछुल्ल भएको जगदुल्ला जलबिद्युत आयोजनाको पुनः भएको टेण्डरमा समेत उस्तै चलखेल भइरहेको छ ।
अघिल्लो ठेक्कामा मन्त्रीको कार्यकक्षबाटै चेक बाँडिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको समाचार बाहिरिएपछि टेण्डर रद्द गर्न ऊर्जा मन्त्रालय बाध्य भएको थियो । तर पुनः भएको टेण्डरमा भने सेटिङमा आफू प्रत्यक्ष रुपमा नदेखिई ऊर्जामन्त्री खड्काले जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत((सीईओ) संजय सापकोटालाई परिचालन गरेका छन् ।
मन्त्री खड्का, बिचौलिया अरुण केसी र संजय सापकोटाले पुनः भएको बोलपत्रमा भाग लिएकामध्ये सिनो हाइड्रोलाई ठेक्का दिनेगरी सेटिङ मिलाइसकेका छन् । बिचौलिया समूहले बुढानीलकन्ठ र बालुवाटार मिलाइसकेकाले मन्त्री खड्काले केसी र सापकोटामार्फत् ठेक्कामा संलग्न कम्पनीले सेटिङ मिलाउने जिम्मा दिएका छन् । उनीहरुले ठेकेदारहरुलाई मिलाइसकेको स्रोत बताउँछ ।
सेटिङमै बोलपत्र पेश गरेको सिनोले १३ अर्ब ५० करोडमा टेण्डर प्रस्ताव दर्ता गरेको छ । सिनो हाइड्रोले ठेक्का पाए पनि काम भने हाई हिमालयनले गर्नेगरी अरुण केसीले तारतम्य मिलाइसकेका छन् । यसअघिको टेण्डर हाई हिमालयनलाई दिनेगरी सबै सेटिङ गरी मन्त्रीकै कार्यकक्षबाट उत्तम ब्लोनको कम्पनीको चेक बाँडिएपछि रद्द भएकाले यो पटक उक्त कम्पनीलाई दिंदा पुनः विवाद आउने भएकाले सिनोलाई ठेक्का दिने गरी मिलाइसकेको स्रोत बताउँछ । विगतमा जस्तै यो पटक पनि पनि उत्तम ब्लोन लामाकै चेक बाँडेर ठेकेदार मिलाउनेगरी मन्त्री खड्काको योजना अनुसार बिचौलिया केसी लागेका छन् ।
स्रोतका अनुसार सिनोले ठेक्का पाउने निश्चित भएको र काम हाई हिमालयनले गर्नेगरी सेटिङ मिलाएका केसी र सापकोटाले अन्य कम्पनीहरुलाई विगतमा जस्तै चेक दिनेगरी अगाडि बढेका छन् । जगदुल्ला आयोजना निर्माणका लागि बोलपत्र पेश गर्ने कम्पनीहरुमा एसआईएल–हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जेसीई–अनक जेभी, टर्कीको टु एमजी–फेवा र सिनो हाइड्रो छन् । यीमध्ये सिनोले ठेक्का पाउने, हाइ हिमालयनले काम गर्ने र बाँकी दुईवटालाई विगतमा जस्तै चेक दिएर मिलाउने गरी केसी र सापकोटाले ब्लोनसँग डिल गरेको स्रोतको भनाइ छ । मन्त्री यो पटक प्रत्यक्ष नदेखिई सबै डिल केसी र सापकोटाले गर्दैआएका छन् । हाई हिमालयन जेभीको अनुभवको कागजात नै कीर्ते भएकाले उसलाई ठेक्का दिंदा विवादमा पर्ने संभावनालाई समेत मध्यनजर गरी सिनोलाई दिन लागिएको बताइन्छ ।
मन्त्री खड्काले कार्यकक्षमै ठेकेदारहरुलाई १५ करोड रुपैयाँको चेक बितरण गरी सेटिङ गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि गएको पुस २१ गते जगदुल्लाको बोलपत्र रद्द भएको थियो ।
१ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा सेटिङ बिग्रिएपछि टेण्डर नै रद्द गरी गएको माघ ७ मा करिब २ अर्ब रुपैयाँ लागत बढाएर पुनः टेण्डर गरिएको थियो । पुनः भएको बोलपत्र प्रस्ताव पेश गर्ने मिति फागुन २१ गतेसम्म थियो ।
जगदुल्लाको बोलपत्रमा सेटिङ मिलाउनकै लागि प्राविधिक प्रस्ताब खोल्न ढिलाइ भइरहेको छ । एक हप्ताभित्रै खोल्ने भनिएको प्राविधिक प्रस्ताव २५ दिन बितिसक्दा पनि खोलिएको छैन । यसअघिको टेण्डरमा सात वटा कम्पनीले बोलपत्र हालेका थिए । तर पुनः भएको टेण्डरमा ४ वटाले मात्र बोलपत्र पेश गरेका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend