काठमाडौं । केपी शर्मा ओली देशका प्रधानमन्त्री हुन् । उनले असंवैधानिक रुपमा प्रतिनिधिसभा बिघटन गरेपछि संविधानतः उनी कामचलाउ प्रधानमज्त्री हुन् । तर उनले शाही शैलीमा दम्भ प्रदर्शन गर्र्दै मन्त्रिपरिषद विस्तार गरी संविधानकै खिल्ली उडाउने काम गरेका छन् ।
त्यतिमात्र होइन, उनले प्रधानमन्त्री पदको गरिमालाई रत्ति पनि ख्याल नगरी अति तल्लोस्तरमा उत्रिएर हिजोसम्म एउटै पार्टीमा रहेका आफ्ना सहयोद्धालाई गालीगलौज गर्दैआएका छन् । उनी जहाँ जहाँ आफ्नो समूहको भेलामा जान्छन्, त्यहाँ त्यहाँ पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव नेपाललाई गाली गर्नमै आफ्नो सबै समय खर्चिने गरेका छन् ।
सहमति, विकास र समृद्धिको भन्दा पनि उनी आफ्नै सहयोद्धाको उछित्तो काढ्नैमै बढी तल्लीन हुँदैआएका छन् । २०७७ पुस १८ को विद्यार्थी भेलामा उनले प्रचण्ड र माधव नेपालालई भेट्नु कुहिएर झरेको फलको संज्ञा दिए । त्यतिमात्र होइन, मरेको भए श्रद्धान्जली दिन्थे सम्म भन्न बाँकी राखेनन् । उनले मर्यादाका सबै सीमा उल्लंघन गरी प्रधानमन्त्री पदकै अबमूल्यन गर्ने काम गरेको महसुस युवापुस्ताले पनि गरेको छ ।
ओलीले भन्न त ‘कसैलाई गालीगलौज गर्दैनौ, देशको विकासबारे सोच्छौैं’ भन्ने गरेका छन् । तर शुक्रबार धनगढीको सभामा उनले प्रचण्ड र माधव नेपाललाई ‘लाटोकोशेरो’, ‘भगौडा’, ‘विदेशी दलाल’, ‘चोइटिएका’, ‘नुहाँउदा झर्ने कपालका दुई चार रौं’ ‘निचोरिएको पिलो’आदि भन्दै गालीका अति छुद्र शब्द खर्च गरेका थिए । उनले डा. भीम रावललाई ‘अछामको केटो’ भन्दै तुच्छ टिप्पणी गरेका छन् । टिकापुरका थारुलाई पनि उनले गाली गर्न बाँकी राखेनन् ।
कानुनी रुपमा दुई वटा पार्टी नभइसकेका ओली समूह र प्रचण्ड–माधव समूहबीच गालीगलौज होइन, आ आफ्नो नीति र विचार भन्दा पनि गालीगलौजमा उछिनापाछिन छ । गालीगलौजमा प्रधानमन्त्री ओली अगाडि छन् । सबैभन्दा जिम्मेवार हुनुपर्ने ओली नै अति नै तल्लोस्तरमा उत्रिएर अराजनीतिक चरित्र देखाउँदैआएका छन् । नेपाली राजनीतिमा ओली अशिष्टता र अमर्यादित गालीगलौजका पर्याय बन्दै गएका छन् ।
२०६४ मा उनले तत्कालीन नेकपा माओवादीलाई यस्तै अमर्यादित गाली गर्दा झापाका सामान्य कार्यकर्ता विश्वदिप लिङ्देनबाटै पराजीत हुनुपरेको कुरा बिर्सिएका छैनन् होला । यस्ता अमर्यादित गालीले ओलीको कद झन् झन् पुड्को हुँदै गएको छ । प्रधानमन्त्री पदकै गरिमालाई होच्याउने कामा गरेको छ ।
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend