Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते


    शुक्रबार, पुष २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    यसैगरी कांग्रेसले प्रतिनिधिसभा विघटनको कदमलगायतविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले शनिबारदेखि विभिन्न कार्यक्रम गर्दैछ । सोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ । साथै कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ ।

    प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार