Nepal Face
  • आइतबार, १० साउन २०८३
  • न्याय माग्दा पक्राउ परेकालाई रिहाइ गर्न देउवाको माग


    शुक्रबार, पुष २४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । ‘निर्मला पन्तको बलात्कारी खै  लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकालाई तत्काल रिहाइ गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माग गरेका छन् ।
     
    आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा धनगढीमा आयोजित कार्यक्रममा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका सात जनालाई पक्राउ गरेकको छ । प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने शेरबहादुर देउवाले माग  गरेका छन् । न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको भन्दै  देउवाले  ट्विटर मार्फत् बिरोध गरेका छन् ।साथै पक्राउ परेकालाई तत्काल रिहाइ गर्न पनि माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार