Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चार पूर्वप्रधानन्यायाधीशको एउटै स्वरः प्रतिनिधिसभा विघटन असंवैधानिक


    शुक्रबार, पुष २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की

    काठमाडौं । सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक कदमको संज्ञा दिएका छन् । पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका हुन् । उनीहरुले आकर्षितै नहुने धारा प्रयोग गरेर प्रधानमन्त्रीले संसद भंग गरेको बताएका छन् ।  

    पूर्वप्रधान्यायधीहरुको विज्ञप्तिमा उल्लेख छ, संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार दिएको छैन । आकर्षित नहुने धारा प्रयोग गरी संसद बिघटन गरिएको छ ।

    ‘संसद विघटनलाई बैधानिकता दिए संवैधानिक दिशाविहीनताको अवस्था सृजना हुनसक्नेतर्फ पनि उनीहरुले सचेत गराएका छन् ।

    हेर्नुहोस् विज्ञप्तिः

    bigyapti.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार