वलीको खुकुरी र खुँडा प्रहारबाट गम्भीर घाइते सन्दिप बिष्ट र श्रीमानमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग गर्दै उनकी श्रीमती चेतना पुरी बिष्ट
काठमाडौं । खुँडा र खुकुरी प्रहार गरी ज्यानै मार्ने नियतले सर्वसाधारण नागरिकमाथि आक्रमण गर्ने बाँकेको राप्तीसोनारी–२, का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीको समूहले सर्वोच्च अदालतबाट मुद्दा जित्छु भन्दै पुनः स्थानीयलाई आतंकित पार्न थालिसकेका छन् ।
१ भदौ, २०८१ मा वडाध्यक्ष वलीसहित नौ जनाले बाँकेको बिनौना चोकमा सुलभ मल्ल र सन्दीप विष्टमाथि खुँडा र खुकुरी प्रहार गरेका थिए । सन्दिप विष्टकी श्रीमती २८ वर्षीया चेतना पुरी विष्टले वडाध्यक्ष वलीसहित नौ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा प्रहरीमा जाहेरी दिएकी थिइन् ।
बाँकेमा भएको सुलभ मल्ल र सन्दिप बिष्टमाथि सांघातिक आक्रमण गर्ने वलीको समूहमाथि कारबाहीको माग गर्दै जनप्रदर्शन समेत भएका थिए । अपराधी वडाध्यक्षलाई कारबाहीको माग गर्दैै प्रहरी कार्यालयमा बिरोध प्रदर्शन भएकै कारण जिल्ला प्रहरी कार्यालय बाँकेले सत्यतथ्य अनुसन्धान गरी जिल्ला अदालत बाँकेमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दाको सुनुवाइ गर्दै वलीसहित ९ जनालाई पुर्पक्षमा पठाएको थियो । वडाध्यक्ष वलीलाई जिल्ला अदालत बाँके र उच्च अदालत नेपालगंजले ज्यान मार्ने उद्योगमा वलीसहित ९ जनालाई दोषी ठहर गरी पुर्पक्षमा पठाएको छ । जिल्ला र उच्चले पुर्पक्षमा पठाएपछि आरोपितहरु धरौटी माग गर्दै सर्वोच्च पुगेका थिए ।
सोही मुद्दाको पेशी शुक्रबार सर्वोच्च अदालतमा तोकिएको छ । मुद्दा फैसला नहुँदै वडाध्यक्ष ओलीको निर्देशनमा गुण्डानाइकेहरुको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिंदै मुद्दा जित्ने निश्चित भएको भन्दै राप्ती सोनारी नगरपालिका वडा नम्बर २ का बासिन्दामा आतंक सृजना गर्न सुरु गरेको आरोप छ ।
सर्वोच्च अदालतमा उनीहरुको मुद्दाको पेशी शुक्रबार(चैत १५)मा राखिएको छ । मुद्दाको फैसला नहुँदै प्रधानमन्त्री ओलीसँग आफ्नो निकट सम्बन्ध रहेकाले सेटिङ मिलिसकेको र मुद्दा जित्ने निश्चित भएको भन्दै वली र उनको गुण्डागर्दी समूहको राप्ती सोनारीमा आतंक सुरु भएकोमा स्थानीय त्रसित छन् । वली एमालेको तर्फबाट वडाध्यक्ष भएका हुन् ।
वली र उनको समूहको सांघातिक आक्रमण गरी हात, कान लगायतका अंग काटिएका पीडित सन्दिप बिष्टकी श्रीमती चेतना पुरी विष्टले भनिन्–आफ्नो श्रीमानमाथि आक्रमण गर्नेलाई जिल्ला अदालतले पुर्पक्षमा पठाउने आदेश दिइसकेको छ । उच्चले जिल्ला अदालत बाँकेको फैसला सदर गरेको छ । तर वलीको समूह धरौटीमा छुट्नका लागि सर्वोच्च अदालतमा पुगेको र शक्तिको आडमा मुद्दा जित्ने निश्चित भएको भन्दै हिंड्न थालेपछि आफूहरु त्रसित भएको बताइन् । उनले सर्वोच्च अदालतबाट पनि न्याय पाउने ज्यान मार्ने गरी आक्रमण गर्नेलाई कारबाही हुने आशा रहेको बताइन् ।
वलीको समूहले आफ्नो श्रीमानको दुबै हात काटिएको छ, घाँटी झन्डै खुकुरी प्रहार गरी वलीले छिनालेका थिए, कान काटिएको छ । मेरो श्रीमान मर्नु न बाँच्नुको अवस्थामा हुनुहुन्छ । मेरो यति सानो बच्चा छ, सासु हुनुहुन्छ, नन्द हुनुहुन्छ, मैले कसलाई सम्हाल्ने ? यस्तो नृशंस आक्रमण गरी मेरो श्रीमानलाई मरणासन्न अवस्थामा पुर्याउने वलीहरुलाई धरौटीमा छोडियो भने म आत्मदाह गर्नेछु । बलिन्द्र धारा आँशुका साथ पुरीले भावबिह्वल हुँदै आफ्नो श्रीमान मात्र होइन, ३ बर्षको छोरा, सासु र नन्दलाई समेत काटेको बिलौना गरेको भिडियो भाइरल छ । यस्ता अपराधीहरुले पैसा र शक्तिको आडमा उन्मुक्ति पाए भने भोलि को सुरक्षित हुन्छ ? पुरीले भिडियोमा भनेकी छन् ।
नेपालगंजबाट नेता र दलालहरुले सर्वोच्च अदालतमा मुद्दा सेटिङ गर्न लागेकोमा पनि बिष्टको परिवार चिन्तित छ । पक्राउ नपरेका फरार अपराधीहरुले खुलेआम टिकटक हालिरहेका छन् । तर प्रहरीले पक्राउ गर्न सकेको छैन । सत्ताको संरक्षणमा भएकाले उनीहरु पक्राउबाट जोगिन सफल छन् । फरार अपराधीहरुले खुलेआम टिकटक र सामाजिक संजाल चलाइरहेकाले जिल्ला अदालत र उच्च अदालतबाट न्याय मिलेको पीडित परिवारलाई डर त्रासको माहोल बनेको छ ।
आक्रमणकारी: ५ थुनामा, ४ फरार
सुलभ मल्ल र सन्दीप विष्टमाथि खुकुरी र खुँडा प्रहार गरी टाउको, हात र कान काट्नेहरुमा राप्तीसोनारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष ३८ वर्षीय ज्ञानु भनिने ज्ञानेन्द्रराज वली, ३२ वर्षीय सन्दिप वली, ३२ वर्षीय रत्न भण्डारी, ३७ वर्षीय लोकेन्द्र डाँगी, ३० वर्षीय विशाल भण्डारी जेलमा छन् । उनीहरुलाई जिल्ला अदालत बाँके र उच्च अदालतले दोषी ठहर गरी पुर्पक्षमा जेल चलान गरिसकेको छ । घटनामा संलग्न पाँच जना नारायण डाँगी, बाला भनिने सन्तोष गुप्ता, नवीन भण्डारी, ऋषि देवकोटा र आगमन प्रताव सिंह अझै फरार छन् । उनीहरु फरार भए पनि टिकटक बनाएर पोष्ट गरिरहेका छन् । तर सत्ताको छायाँ परेको प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend