काठमाडाैं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली मुख्य वक्ता रहेकाे धनगढीमा आयोजित सभामा व्यापक रूपमा राजाबादीको उपस्थिति रहेकाे पाइएकाे छ।
पत्रकार कुसुम भट्टराईका अनुसार ओलीले संबोधन गर्ने आम सभामा व्यापक मात्रामा राजाबादीहरूकाे सहभागीता रहेकाे थियाे । आम सभामा स्पष्ट चिनिएका राजाबादीमात्र हाेइन, राप्रपा, विप्लव समूहदेखि चुनावका पक्षमा रहेका काँग्रेसीहरु पनि सहभागी बनेका उनले लेखेका छन् ।
यस्तै अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले सामाजिक सन्जालमा लेख्छन् ‘पूर्व राजा ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिएपछी नागरिक अभिनन्दनका नाममा देश दौडाहमा निस्केका थिए । उनको अभिनन्दनमा हजारौं हैन लाखौं जनता नआएका हैनन् तर अन्तत; उनले जनताको नाशो जनतालाई नै फिर्ता दिन बाध्य भए।
उनले अझै थपेका छन् ‘तामझामका उखानटुक्का साथ देश दौडाह गर्नुहोस प्रधानमन्त्री ज्यू…. बाजागाजा, झाँकी प्रर्दशन सबै हेर्नुहोस्। आफ्ना समुहका अभिनन्दन ग्रहण जति गर्नु छ गर्नुहोस्। तर जनताको नाशो जनतालाई फिर्ता गर्नु पर्ने त्यो दिन धेरै टाढा छैन है!’
स्राेतका अनुसार धनगढी आमसभामा भेला भएका मानिसभन्दा तिन दोब्बर बढी मानिस पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दनमा भेला भएका थिए । शुक्रबार भएकाे आम सभामा उपस्थित केही नेकपाका नेताहरूले नै राजा ज्ञानेन्द्रको जत्ति पनि लोकप्रियता नरहेकाे बताएका थिए ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend