Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीको भ्रमण मुख्यमन्त्री भट्टले गरे बहिस्कार, विमानस्थलमा स्वागत गर्न गएनन्


    शुक्रबार, पुष २४ २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिममा पार्टीको कार्यक्रममा भाग लिन जाने क्रममा धनगढी विमास्थल पुग्दा मुख्यमन्त्री त्रिलोचन भट्ट स्वागत गर्न गएनन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट नेकपाको प्रचण्ड–माधव समूहमा लागेका छन् । प्रधानमन्त्री प्रदेशमा जाँदा मुख्यमन्त्री स्वागत गर्न जानुपर्नेमा उनी गएनन् । 

    ओली सुदूरपश्चिम प्रदेशका जिल्लामा आफ्नो समूहको संगठन बिस्तारका लागि धनगढी पुगेका छन् ।

    ओली जानुअघि सुदूरपश्चिम प्रदेशका ४ जनै मन्त्री कार्यक्रम तयारीमा ५ दिनदेखि तैनाथ छन् । उद्योगमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र श्रम मन्त्री गौरीशंकर चौधरी सुदूर पश्चिम प्रदेशमा ओलीको कार्यक्रम सफल बनाउन लागेका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार