Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीलाई संविधान पठायो


    शुक्रबार, पुष २४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटनकाे विराेधमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ ।

    शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको प्रचण्ड-नेपाल समुहका कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएका हुन् । 

    प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री ओलीले प्रतिगामी कदम चालेकाले त्यसको विरोधमा आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको एक कार्यकर्ताले बताए ।

    नेकपा प्रचण्ड-नेपाल समूहले शुक्रबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक बुझाउने कार्यक्रम तय गरेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार