काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता डा.भीम रावलले केपी ओली गुटको भ्रममा नपर्न आह्वान गरेका छन् । आज धनगढीमा ओल िगुटले गरेको भ्रमपूर्ण कुरामा नलाग्न पनि उनले आग्रह गरेका छन् ।
रावलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ–नेपाली जनताको रगत पसिनाको सिर्जना नेपालको संविधान कुल्चदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नेजस्तो अलोकतान्त्रिक र गैरजिम्मेवार काम गरेका छन् । रावलले लेखेका छन्–‘नेपाली जनताको निर्वाचन मार्फत् प्रकट मतमाथि प्रहार गर्नुका साथै सात दशक लामो कठोर संघर्ष, बलिदान र कष्टसाध्य प्रयत्नबाट निर्मित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि घात गर्दै पार्टी विभाजनजस्तो घृणित कार्य गर्नुभएको छ।
उहाँको यस्तो काम देश, जनता र पार्टीप्रतिको जिम्मेवारीलाई लत्याउँदै गरिएको विश्वासघात हो । देश कोरोना विषाणुको महामारीबाट थिलथिलो भइरहेको, खोपको व्यवस्था गर्न र अर्थतन्त्रलाई उकास्न ठूलो धनराशी आवश्यक भएको समयमा कथित आमनिर्वाचनको कुरा गरेर देशलाई थप आर्थिक संकटतर्फ धकेल्ने देश र जनताविरोधी काम गर्नुभएको छ ।
अतिक्रमणमा परको नेपाली भूमिमा हकभोग कायम गर्न राष्ट्र र जनतालाई एकताबद्ध बनाउनुपर्नेमा उल्टै प्रतिनिधिसभा भंग गर्दै पार्टी फुटाउने कलंकपूर्ण काम गर्नुभएको छ ।
उहाँको राष्ट्रहित विरोधी, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश कार्यको सर्वत्र निन्दा र विरोध भइरहेको छ । गत आम निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा साबिक नेकपा (एमाले) ले अभूतपूर्व रुपमा सफलता हासिल गरी उहाँलाई प्रधानमन्त्री बन्न सहज बनाइदिदा एकजना पनि मन्त्री नबनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले हाल पार्टी फुटाउन मन्त्री पदको दुरुपयोग गर्नुभएको छ ।
त्यसलाई सुदूरपश्चिम प्रदेशलाई माया गरेको नक्कली कुरा गर्नुभएको छ । यो माया गरिएको होइन, विदेशी अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक रहेको प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई कमजोर तुल्याउने षडयन्त्रको एउटा अंग मात्र हो ।
आफ्ना गलत कार्यमाथि पर्दा हाल्न प्रधानमन्त्री केपी शर्मा ओलीले कुप्रचार टोलीमार्फत् भ्रम सिर्जना गर्ने, असहमतहरुका विरुद्ध गालिगलौज गर्न लगाउने, गुटस्वार्थमा राज्यकोषको दु?पयोग गर्ने, आर्थिक प्रलोभन, धाकधम्की दिने जस्ता क्रियाकलाप गराइरहनु भएका तथ्यहरु सार्वजनिक भइरहेका छन् ।
\यस्तो गलत कार्यलाई यही पुष २४ गते उहाँको गुटबाट धनगढीमा हुने कार्यक्रमका लागि तीब्र पारिएको जानकारी हुनआएको छ । यस्ता अलोकतान्त्रिक र गलत कार्यको विरोध गर्न तथा उहाँको गुटले सिर्जना गरेका भ्रममा नपर्न म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुक तथा आम जनसुमुदायमा हार्दिक आह्वान गर्दछु ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend