Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजसंस्था पुन:स्थापनाका लागि राप्रपा होमियो आन्दोलनमा


    मंगलबार, चैत्र १२ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । राजसंस्था पुन:स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  आन्दोलनमा होमिने निर्णय गरेको छ ।

    मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले वैशाख ७ गतेबाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको हो ।

    प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र स्थापना, संघीयताको विरोधमा आन्दोलनमा जाने निर्णय गरेको हो। यसका लागि जुनसुकै समूहले  आन्दोलन गरे पनि  समर्थन जनाउने पार्टीको निष्कर्ष रहेको श्रेष्ठले बताए ।

    राप्रपाले २६ गते काठमाडौंमा बाग्मती प्रदेशस्तरीय सभा र प्रदर्शन आयोजना गर्ने छ।  त्यसपछि राप्रपाले वैशाख ७ गतेबाट निरन्तर आन्दोलन गर्ने छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार