Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीलाई लोकतन्त्र विरोधी भन्दा अपमान हुन्छ : मुख्यमन्त्री पोखरेल


    शुक्रबार, पुष २४ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लोकतन्त्र विरोधी भनेर अपमान गर्न नमिल्ने बताएका छन् ।

    कपिलवस्तुमा भएकाे एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देशमा संकट उत्पन्न हुने देखेपछि प्रधानमन्त्रीले जनतामाझ जाने निर्णय गरेर प्रतिनिधि सभा विघटन गरेको दावी गरे ।

    उनले सडक आन्दोलन छाडेर निर्वाचनको तयारी गर्न पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहका नेताहरुलाई सुझाव समेत दिएका छन् । 

    प्रदेश सरकारले हुलाकी सडक निर्माणलाइ प्रथामिकतामा राखेर काम गरिरहेकाे बताउदै उनले सडक निर्माण पछि नागरिकहरुको दैनिकीमा समेत परिवर्तन हुने बताए ।

    मुख्यमन्त्री पोखरेलले सुकुम्बासी बस्तीको बाहुल्यता रहेको विजयनगरवासीलाई सरकारले तत्काल लालपुर्जा उपलव्ध गराउने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार