Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड-नेपाल समूहले देशभरबाट विरोधपत्र बुझाउँदै


    शुक्रबार, पुष २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन गरिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउने भएको छ ।

    दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार ७७ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउन लागिएको प्रचण्ड–नेपाल समूहले जनाएकाे छ।

    नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार सबै जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र दिइने छ। संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्रको साथमा संविधानको पुस्तक दिने र राष्ट्रको नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने उल्लेख छ।

    यता प्रतिनिधि सभा विघटनविरुद्धमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रचण्ड-नेपालपक्षमा रहेका अनेरास्ववियूले पनि शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार