Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउँछः मिनेन्द्र रिजाल


    बिहिबार, पुष २३ २०७७
    3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गरेका छन् ।

    यहाँ आज पत्रकारसँग कुरा गर्दै डा.रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म प्रतिनिधिसभा विघटन गर्न पाइँदैन भन्ने स्पष्ट लेखिएको उल्लेख गरे ।

    उनले भने, “सर्वोच्च अदालतले त्यसभन्दा बाहिर गएर निर्णय गर्न सक्दैन भन्ने कुरामा हामी ढुक्क छौँ । मुलुक अहिले निर्वाचनको बाटोमा जाँदैन ।” संविधानलाई लयमा ल्याएपछि प्रतिनिधिसभा स्थापना गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

    फरक प्रसङ्गमा पार्टी केन्द्रीय सदस्य डा रिजालले आगामी फागुनमा काँग्रेसको महाधिवेशन सम्भव नरहेको बताए । संविधानले दिएको अधिकार प्रयोग गरी त्यसपछिको ६ महिनामा पार्टीको महाधिवेशन गरिने उनको जिकिर थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार