Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधि सभा विघटन हुँदा सत्यानाश भएको छैन : खिमलाल भट्टराई


    बिहिबार, पुष २३ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा सत्यानाश नभएको दावी गरेका छन् । 

    राष्ट्रिय सभाकाे बिहीबारकाे बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता समेत रहेका भट्टराईले पार्टीभित्रैबाट सरकारलाई काम गर्न नदिएकाले प्रतिनिधि सभा विघटनकाे अवस्था आएको बताएका छन् ।

    ‘तर, यो अहिले प्रचार गरिएजस्तो सत्यानाश होइन,’ उनले भने, ‘राष्ट्रिय सभा, प्रदेश सभाहरु अहिले पनि नभएका होइनन् ।’ उनले सरकार र संसद दुवै चल्न नसक्ने परिस्थिति भएकाले यो अवस्था आएको बताएका छन् ।

    धमिलिन खोजेको राजनीतिलाई सङ्लो बनाउन जनतासम्म जानका लागि यो अवस्था आएको उनले बताएका छन् । आफ्नो सरकारले काम नगर्ने ठान्दा र संसदमा वैकल्पिक शक्ति नदेखेपछि प्रधानमन्त्री ओलीले संसद विघटन गरेको पनि उनले बताएका छन् ।

    यतिमात्र होइन, उनले अहिले ओलीले भोगेको अवस्था हिजो विपी कोइरालाले पनि भोगेको समेत बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार