Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनमा प्रधानमन्त्री ओलीको पुत्ला दहन


    बिहिबार, पुष २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल तस्बिर

    चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

    चितवनमा वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पसलगायतका कलेजका विद्यार्थीहरुले आज विहान प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हन् । 

    प्रतिनिधि सभा विघटन गरेपछि आलोचित प्रधानमन्त्री ओलीविरुद्ध अहिले देशभर प्रदर्शन भइरहेको छ । नेकपा प्रचण्ड–नेपाल समूहका विभिन्न भातृ संगठनहरुले ओलीको यो कदमको विरोधमा विभिन्न प्रदर्शन गरिरहेका छन् ।

    प्रचण्ड–नेपाल समूहले सुरु गरेको दोस्रो चरणको आन्दोलनमा आज देशभर प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार