Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा ट्रम्प समर्थकद्वारा संसद भवनमा आक्रमणः वासिङ्टनमा कफर्यु


    बिहिबार, पुष २३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वासिङ्टज । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला राष्ट्रपति ट्रम्पका समर्थकहरुले क्यापिटल हिलस्थित अमेरिकी संसद भवनमा बुधबार आक्रमण गरेका छन् । 
    सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेका थिए । त्यसपछि बहस रोक्नु पर्यो ।
    ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनरत थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडप पनि भएका छन् । ट्रम्प समर्थकले गरेको आक्रमणमा क्यापिटल बिल्डिङमा एक आगो निभाउने यन्त्र बिस्फोट भएको छ भने एक महिलालाई गोली लागेको छ । सीएनएन र द वासिङ्टन पोष्ट जस्ता संचारमाध्यममले ती महिलाको मृत्यु भएको उल्लेख गरेका छन् । 

    अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटलहिल पठाइएको छ । हिंसात्मक आक्रमणपछि आसिङ्टनमा बुधबार बेलुकादेखि कफ्र्यु लगाइएको छ ।

    क्यापिटलभित्र भीड अनियन्त्रित र हिंसक भएपछि क्यापिटल हिल प्रहरीले थप सुरक्षाबल पठाउन माग गरेको थियो ।
    एउटा नाटकीय दृश्यमा प्रदर्शनकारीहरू उक्त भवनभित्र झुन्डमा प्रवेश गरेका थिए । त्यसबेला सांसदहरूलाई चाहिँ प्रहरीले सुरक्षा दिएर बाहिर ल्याउँदै थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार