Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवीन्द्र मिश्रले भने- सभामुखले प्रतिनिधिसभा बैठक बोलाउनुपर्छ


    बुधबार, पुष २२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक बोलाउनु पर्ने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहद्वारा मंगलबार काठमाडौंमा आयोजित अन्तरपार्टी अन्तरक्रिया कार्यक्रममा बोल्दै मिश्रले यस्तो बताएका हुन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुस गरेको संसद विघटन संविधानसम्मत् नभएकाले बैठक बोलाउनु पर्नेमा उनले जोड दिए ।

    ‘यो संविधानमा कुल्चिएर गरिएको विघटन हो’, संयोजक मिश्रले भने, ‘प्रधानमन्त्रीले संविधान कुल्चिएको अवस्थामा सभामुखले म संविधानको पालना गर्छु भनेर प्रतिनिधिसभा बैठक बोलाएर अविश्वासको प्रस्तावमा छलफल गराउनु उपर्युक्त हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार