Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • राजसंस्था पुनस्र्थापना गर्ने समिति गठन नहुँदै विवादमा, केशर बिष्ट र राजेश अहिराजको असन्तुष्टि


    सोमबार, चैत्र ४ २०८१
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि सोमबार गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा राखिएकाहरुले धमाधम असन्तुष्टि ब्यक्त गरेका छन् ।

    समितिको निर्देशक समितिको सदस्यमा  नसोधी राखिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका कमल थापाले आपत्ति जनाएका छनु । र, उनीहरु उक्त समितिमा नबस्ने जनाउ दिइसकेका छन् ।

    केशरबहादुर बिष्ट र सल्लाहकार राजेश झा अहिराजले पनि समितिमा  राखिएकोमा  असन्तुष्टि ब्यक्त गरेका छन् । बिष्टले उक्त समितिमा आफू नरहेको धारणा सार्वजनिक गरेका छन् ।

    राजेश अहिराजले त आफूलाई समितिको सल्लाहकार राखेको मिडियाबाट थाहा पाएको भन्दै असन्तुष्टि प्रकट गरेका छन् । उक्त समितिको सल्लाहकारमा आफू नभएको र आफूसँग कुनै सल्लाह पनि नगरिएको बताएका छन् । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री हुँदा नेकपा बिभाजनपछि अहिराजलाई मधेश प्रदेशको प्रदेश प्रमुख नियुक्त गरेका थिए । एमालेको कोटामा उनी प्रदेश प्रमुख भएका थिए ।

    सोमबार राजावादीहरूले गठन गरेको निर्देशक समितिको संयोजकमा नवराज सुवेदी, सदस्यहरुमा अस्मिता भण्डारी, कमल थापा, केशरबहादुर विष्ट, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, डा.प्रकाशचन्द्र लोहनी, रमा सिंह, राजेन्द्र लिङ्देन, र हरिबहादुर बस्नेतको नाम प्रस्ताव गरिएको छ । सदस्य सचिवमा रविन्द्र मिश्रको नाम प्रस्ताव गरिएको छ ।

    निर्देशक समितिको प्रमुख सल्लाहकारमा डा. जगमान गुरुङ तथा सल्लाहकारमा बुद्धिराज बज्रचार्य, डा. शास्त्रदत्त पन्त, डा. राजेश अहिराज र खेमराज राई रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार