Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जगदुल्लामा चेककाण्ड दोहोरिंदै, बिचौलिया केसीले मिलाए मन्त्रीसँग सेटिङ !


    शनिबार, चैत्र २ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । उर्जा , जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कार्यकक्षमै ठेकेदारहरुलाई चेक दिएर ठेक्का सेटिङ गरेको बिषय सार्वजनिक भएपछि रद्द भएको जगदुल्ला जलविद्युत आयोजनाको पुनः भएको बोलपत्रमा समेत चलखेलको आशंका गरिएको छ ।

    जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले कार्यकक्षमै ठेकेदारहरुलाई १५ करोड रुपैयाँको चेक बितरण गरी सेटिङ गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि गएको पुस २१ गते जगदुल्लाको बोलपत्र रद्द भएको थियो । मिलेमतोमै ठेक्का दिन लागिएको बिषय छताछुल्ल भएपछि मन्त्री खड्काले बाध्य भएर टेण्डर रद्द गरी पुनः बोलपत्र आह्वान गरिएको थियो ।

    उक्त आयोजना निर्माणको पुनः भएको बोलपत्रमा पनि चलखेल गरी पूर्वयोग्यता(पीक्यू)मा ४ वटा कम्पनीमात्र छनोट गरिएको स्रोतको दाबी छ ।  १ सय ६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्कामा सेटिङ बिग्रिएपछि टेण्डर नै रद्द गरी गएको माघ ७ मा करिब २ अर्ब रुपैयाँ लागत बढाएर पुनः टेण्डर गरिएको थियो । पुनः भएको बोलपत्र प्रस्ताव पेश गर्ने मिति फागुन २१ गतेसम्म थियो ।

    जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले पुनः आह्वान गरेको टेण्डरमा ४ वटा कम्पनी पीक्यूमा छनोट भएको सूचना निकालेको छ । पीक्यूमा छानिएका कम्पनीहरुमा एसआईएल(हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभी, जेसीई(अनक जेभी, टर्कीको टु एमजी र फेवा र सिनो हाइड्रो छन् । छानिएका चार कम्पनीमध्ये विगतमा मन्त्री खड्कासँग सेटिङ मिलाएको र चेककाण्डमा मुछिएको हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन पनि छ । प्राविधिक प्रस्ताब एक हप्ताभित्रै खोलिंदैछ ।

    जगदुल्ला आयोजनामा फेरि पनि मन्त्री खड्का र उनीनिकट बिचौलिया समूह ठेक्का प्रक्रिया प्रभावित पार्न लागेको छ । जसका कारण विगतको चेककाण्ड पुनः दोहोरिने संभावना देखिएको स्रोत बताउँछ । अघिल्लो टेण्डरमा सेटिङ असफल भएपछि यो पटक पीक्यूदेखि नै बिचौलियाहरु सतर्कतापूर्वक शक्तिकेन्द्र मिलाउन लागेका छन् । प्राविधिक प्रस्ताव खोल्दा नै सेटिङ भएको कम्पनी पास गराउन र अरु तीन वटा कम्पनीलाई चेक बितरण गरी मिलाउन बिचौलिया अरुण केसीहरू सक्रिय भएको स्रोतको दाबी छ ।

    यसअघिको टेण्डरमा सात वटा कम्पनी पीक्यूमा छनोट भएका थिए । तर पुनः भएको टेण्डरमा पीक्यूमा ४ वटामात्र छनोट भएका छन् । यी चार वटामध्येबाटै सेटिङ गर्नका लागि ऊर्जामन्त्री खड्कालाई मिलाउने जिम्मा अरुण केसीले लिएका छन् । यो सरकारमा नेपाली कांग्रेसको बास्तविक संचालिका परराष्ट्रमन्त्रीसमेत रहेकी डा.आरजु राणा र उनका भाइ भूषण राणा मिलाउने जिम्मा अन्य बिचौलियाले लिएका छन् । परराष्ट्र मन्त्री राणा देशबाहिर छिन् । यो समूहले आरजुबाटै सेटिङ मिलाइसकेको स्रोतको दाबी छ ।

    पुनः भएको पीक्युमा छनोटमा परेका कम्पनीहरुमा हाई हिमालयनका अध्यक्ष किरण मल्ल हुन । चिनियाँ कम्पनी सिनो हाइड्रोका नेपाली एजेन्ट प्रवीण श्रेष्ठ हुन् भने जेसीई अनक जेभीका अमृत महर्जन हुन । फेवा–टर्किस कम्पनी टु एमजीका निकोलस पाण्डे हुन् । उनी कालिका कन्ष्ट्रक्सनका संचालक बिक्रम पाण्डेका छोरा हुन् ।

    अघिल्लो ठेक्कामा मन्त्रीले एउटा कम्पनी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनलाई ठेक्का दिलाउन चेक लेनदेन गराएको भन्ने उजुरी अख्तियारमा परेको थियो । डोल्पाको मुड्केचुला गाउँपालिकामा करिब १६ अर्ब रुपैयाँ लागतमा प्रस्ताव गरिएको १ सय ६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको लागत पुनः ठेक्का आह्वान गर्दा २ अर्ब रुपैयाँले बढाइएको छ ।

    हाई हिमालयनले सिक्टा सिंचाई आयोजनाको ठेक्कामा पनि सेटिङ नमिलेपछि विवाद सृजना गरिरहेको आरोप छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार