Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३० एसपीको सरुवा, पर्सामा पाण्डे, काभ्रेमा खत्री


    मंगलबार, पुष २१ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३० एसपीको सरुवा गरेको छ । मंगलबार साँझ गरिएको सरुवामा पर्सा, झापा, बारा, मकवानपुर, काभ्रे, सिन्धुली, रौतहट, धनुषा, कन्चनपुरका एसपी परिवर्तन भएका छन् । चितवनका एसपी नान्तिराज गुरुङ एक बर्ष पुगे पनि सरुवा भएनन् । चितवन जान धेरै एसपीको हानथाप भएकाले गुरुङ नै थमौतीमा परेका छन् ।

    जिल्ला प्रमुख पाउने एसपीहरुमा सानुराम भट्टराई झापा, बेलबहादुर पाण्डे पर्सा, दीपेन्द्र शाही बारा, प्रकाश रानाभाट धनुषा, सोमेन्द्रसिंह राठौर मकवानपुर, भूपेन्द्र खत्री काभ्रे, सिद्धिविक्रम शाह रौतहट, लोकेन्द्र श्रेष्ठ बागलुङ, महेन्द्र खड्का धादिङ छन् ।

    त्यस्तै उमाप्रसाद चतुर्वेदी कन्चनपुर र आभूषण तिम्सिना सिन्धुलीको प्रमुखमा सरुवा भएका छन् । यीमध्ये धादिङका महेन्द्र खड्का र बागलुङका लोकेन्द्र श्रेष्ठ यसअघि काजमा सरुवा भएका थिए । उनीहरुको दरबन्दी कायम गरिएको छ ।

    सोमेन्द्रसिंह राठौर पर्सा र प्रकाश रानाभाट बागमती प्रदेशको ट्राफिक इन्चार्जबाट सरुवा भएको १ बर्षमात्र भएको छ । फेरि उनीहरुलाई इन्चार्जमै पठाइएको छ ।

    यस्तो छ सरुवा सूचीः

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार