Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपल्लो मुस्ताङमा भारी हिमपात, जनजीवन कष्टकर


    मंगलबार, पुष २१ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङमा हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमाङ्थाङ क्षेत्रमा भारी हिमपात भएको हो ।  सोमबार साँझदेखि यस वर्षको दोस्रो हिमपात भइरहेको लोमाङ्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले बताए । तल्लो मुस्ताङमा भने चिसो बढे पनि हिमपात भइसकेको छैन । लोमाङ्थाङमा सोमबार बेलुकीदेखि हिमपात भएपछि जनजीवन कष्टकर भएको छ ।

    चिसो छल्नका लागि लोमाङ्थाङका अधिकांश स्थानीयवासी जिल्ला बाहिर छन् । घर गोठ र पशु चौपायको सुरक्षाका लागि लोमाङ्थाङमै रहेकाको दैनिकी कठिन हुँदै गएको विष्टले बताए । ‘‘हामी धेरै पोखरा, काठमाडौंमा छौँ, गाउँमा भएका युवाहरु हिमपातपछि चिसो बढेको बताएका छन्”, विष्टले भने, “चौँरी, च्याङ्ग्रालगायत चौपाया चराउन नपाएको खबर छ ।” चिसो बढेपछि स्थानीय गुइँठा बालेर घरभित्रै बसेका छन् ।’’

    चौँरी खर्क र गोठ हिउँले पुरिएका छन् । पश्चिमी वायुको प्रभावले आइतबारदेखि उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको हो । बुधबारसम्म मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तल्लो मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भएको छ । मौसमको अवस्था स्थिर रहे आज साँझसम्म तल्लो मुस्ताङमा हिमपात हुने स्थानीयवासीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार