Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको ८ लाख रूपैयाँसहित पक्राउ


    मंगलबार, पुष २१ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले स्रोत नखुलेको ८ लाख रूपैयाँसहित किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटमा एक १७ वर्षीय किशाेर रहेका छन् । भारतबाट नेपाल रकम भित्र्याएको आरोपमा बाराका उनलाई पक्राउ गरेको हो।

    रौतहटको मौलापुर नगरपालिका–५ मा बाराको सिम्रौनगढ नगरपालिका–१ खजानी गाउँका लक्ष्मण साहका १७ वर्षीय छोराको झोलाबाट स्रोत नखुलेको अवैध नेपाली आठ लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

    भारतबाट नेपालतर्फ आएका साहले चढेको प्रदेश १–०२०४२ प २०० नम्बरको पल्सर मोटरसाइकललाई जाँच गर्दा साहले बोकेको झोलाबाट आठ लाख रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ।

    साहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार