काठमाडौं । लामो समयदेखि व्यापार, हाइड्रो, शिक्षा स्वास्थ्यमा योगदान पुर्याउदैँ आएका गोपी न्यौपाने उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा नियुक्त भएका छन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा न्यौपानेलाई महाप्रबन्धकमा नियुक्त गरिएको हो ।
मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले न्यौपानेसहित कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल, र नारायण बिँडारीको नाम महाप्रबन्धका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले तीमध्येबाट न्यौपानेलाई नियुक्त गरेको हो ।
२०४५ सालमा जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित उदयपुर सिमेन्ट उद्योग नेपालको सबै भन्दा ठूलो सिमेन्ट उद्योग हो। यो उद्योग उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ जलजलेको बनक्षेत्रमा अवस्थित छ।