Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डलाई टार्गेट गरी बादलले भने- प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान तयार हुनुस्


    सोमबार, पुष २० २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेकपा ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादलले प्रचण्डमाथि कटाक्ष पाेखेका छन्।

    नेकपा ओली समूहको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बादलले पुरानो संसद व्यूँताएर प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने दाबी गरे ।

    उनले प्रधानमन्त्री पद चाहिएको भए चुनावमा जान प्रचण्डलाई सुझाव पनि दिए।

    उनले भने,’प्रचण्ड-माधव समूह चुनाव देखेर भागिरहेका छन्।, यदि प्रधानमन्त्री पद चाहिए चुनावमा जानुस्र वा पार्टीको अध्यक्ष चाहिएको भए महाधिवेशनबाट कार्यकर्ताको मन जित्नु।’

    पार्टीभित्र प्रचण्ड-माधव समूहले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट केपी ओलीलाई हटाउने षडयन्त्र गरेपछि संंसद विघटन गर्नुपरेको मन्त्री थापाको जिकिर छ । मन्त्री थापाले नेतृत्वलाई अपदस्थ गर्ने प्रचण्ड-माधव समूहको नीति र विचार सही नभएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार