Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले युक्रेनलाई दिदै आएको सैन्य सहयोग रोक्यो


    मंगलबार, फाल्गुन २० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो ।

    मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उदृत गर्दै अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् ।

    यसक्रममा युक्रेनलाई यस अघि दिने भनिएका र  युक्रेन पुगिनसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ । यसमा पोल्याण्ड पुगेका सामानहरू पनि समावेश छन् ।

    गत हप्ता ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार