Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अमेरिकाले युक्रेनलाई सैन्य सहयोग रोकेपछि रुसको प्रतिक्रिया- शान्तिको लागि सबैभन्दा ठूलो योगदान


    मंगलबार, फाल्गुन २० २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । युक्रेनलाई अमेरिकी सैन्य सहयोग रोकिएपछि रुसले प्रतिक्रिया जनाएको छ ।

    बीबीसीसँग कुरा गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल गराउन दबाब दिने बताएका छन् । उनले भने- ‘यदि यो (अमेरिकी सैन्य सहायताको निलम्बन) सत्य हो भने, यसले निश्चित रूपमा युक्रेनी सरकारलाई शान्ति प्रक्रियामा सामेल हुन दबाब दिनेछ ।’

    पेस्कोभका अनुसार अमेरिका युक्रेनलाई हतियार आपूर्ति गर्ने प्रमुख देश रहेको छ । उनले भने, ‘यदि अमेरिकाले यो (सैन्य सहायता) रोक्छ भने सायद यो शान्तिको लागि सबैभन्दा ठूलो योगदान हुनेछ ।’

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोकेका छन् । अमेरिकाको यो कदम युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र डोनाल्ड ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको चर्को बहसको केही दिनपछि आएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार