काठमाडौँ । अमेरिकाको विवादित भ्रमणपछि बेलायत पुगेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले प्रधानमन्त्री केयर स्टारमरसँग भेटवार्ता गरेका छन् ।
यस क्रममा, जेलेन्स्कीले स्टारमरलाई उनको अटल समर्थनको लागि धन्यवाद दिए । सो क्रममा स्टारमरले युक्रेनको सार्वभौमसत्ता र सुरक्षाप्रति बेलायतको प्रतिबद्धता दोहोर्याएका थिए । दुई नेताहरूको यो भेटवार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीको बहसको एक दिन पछि भएको थियो।
बैठकमा दुई नेताहरूले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, अन्तर्राष्ट्रिय सहयोग र बलियो सुरक्षा ग्यारेन्टीसहितको न्यायपूर्ण शान्ति प्राप्त गर्ने प्रयासहरूबारे छलफल गरेको बिबिसीले उल्लेख गरेको छ ।
भेटघाटपछि जेलेन्स्कीले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गर्दै लेखे- ‘प्रधानमन्त्री केयर स्टारमरसँग फलदायी र न्यानो भेटघाट भयो । हामीले युक्रेन र युरोपले सामना गरिरहेका चुनौतीहरू, सहयोग र न्यायपूर्ण शान्तितर्फका कदमहरूबारे छलफल गर्यौं ।’
बैठकको क्रममा युक्रेन र बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो सम्झुता अनुआर बेलायतले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग गर्ने छ । हाल बेलायतले युक्रेनलाई बार्षिक रुपमा गरिरहेको ३.७ बिलियन डलरभन्दा अतिरिक्त भएको बताइएको छ । यी ऋणको रकम बेलायतले रोक्का गरेको रुसी सम्पत्तिको आम्दानीबाट भुक्तानी गर्ने भएको छ ।
‘आज युक्रेन र संयुक्त अधिराज्यले ऋण सम्झौतामा हस्ताक्षर गरे,’ जेलेन्स्कीले एक्समा एक पोस्टमा भने । यो ऋणले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउनेछ र रूसी सम्पत्तिबाट प्राप्त हुने राजस्वबाट भुक्तानी गरिनेछ । यो साँचो न्याय हो- ‘युद्ध सुरु गर्नेले मूल्य चुकाउनै पर्छ ।’
जेलेन्स्कीले बेलायत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘युद्धको सुरुवातदेखि नै बेलायतका जनता र सरकारलाई सहयोग गरेकोमा म धन्यवाद दिन्छु।’ सुरक्षित भविष्यको लागि उही दृष्टिकोण साझा गर्न पाउँदा हामी खुसी छौं ।
जेलेन्स्कीसँगको भेटपछि, स्टारमरले इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरे जसमा उनले युक्रेनमा चलिरहेको युद्धमा रुस विरुद्ध बेलायतको दृढ अडानलाई जोड दिए । ‘जेलेन्स्कीलाई डाउनिङ स्ट्रिटमा स्वागत गर्न पाउनु र युक्रेनको लागि मेरो अटल समर्थन दोहोर्याउनु सम्मानको कुरा थियो,’ स्टारमरले लेखेका छन् ।
स्टारमरले जेलेन्स्कीलाई अँगालो हालेर भित्र बोकेको भिडियो पनि सेयर गरेका छन् । स्टारमरले लेखेका छन- ‘बेलायत आज र सधैं युक्रेनको साथमा उभिन्छ । म रुसको अवैध युद्धको अन्त्य गर्ने र युक्रेनको भविष्यको सार्वभौमसत्ता र सुरक्षा सुरक्षित गर्ने न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्ने बाटो खोज्न कटिबद्ध छु ।’
स्टारमर र जेलेन्स्कीसँगको भेटघाट युरोपेली नेताहरूको शिखर सम्मेलन अगाडि भएको हो, जहाँ युक्रेनमा ‘न्यायपूर्ण र दिगो शान्ति सुनिश्चित गर्न’ समर्थन बढाउने कुरामा छलफल केन्द्रित हुनेछ । अमेरिकाले युक्रेनलाई समर्थन गरिरहने कि नेटोलाई निरन्तरता दिने भन्ने चिन्ता बढ्दै जाँदा शिखर सम्मेलनले युरोपको रक्षा सहयोग बढाउने आवश्यकतामाथि पनि छलफल गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend