Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पछिल्लो २४ घण्टामा ४ सय ३ काेराेना संक्रमित थपिए


    सोमबार, पुष २० २०७७
    875
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५ हजार २ सय ८९ जना सक्रिय संक्रमित छन्।

    गत २४ घण्टामा ४ हजार ४ सय १ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ५२ हजार ९ सय ३ पुगेको छ। 

    सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ४२ जना क्वारेन्टाइनमा छन्। 

    गत २४ घण्टामा ६ सय ३७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार