Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अवैध काठसहित दुई जना पक्राउ


    सोमबार, पुष २० २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । दाङको देउखुरीमा अवैध सालको काठसहित आज दुई जनालाई पक्राउ गरिएको छ ।

    राप्ती गाउँपालिका वडा नं ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्रयाक्टरमा बजार लैजाँदै गरिएको ३१ थान(३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । 

    पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मियाँ रहेको डिभिजन वन कार्यालय देउखुरी दाङका सूचना अधिकारी प्रेमिलालप्रसाद साहले जानकारी दिनुभयो ।  

    काठ बोकेको ट्रयाक्टर र दुवै जनालाई वन कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार