Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गंगामायाको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण


    सोमबार, पुष २० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको जीवनरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै अधिकारीको स्वास्थ्य अवस्था दिनानुदिन कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकाे हाे ।

    न्यायको हक सुनिश्चित गर्दै जीवनरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

    छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी गंगामाया वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार