Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल-भारत सीमा खोल्न माग गर्दै विरोध प्रदर्शन


    सोमबार, पुष २० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • परासी । जनता समाजवादी पार्टी (जसपा) नवलपरासीले नेपाल–भारत सीमाबन्दीको विरुद्धमा विरोध प्रदर्शन गरेकाे छ ।

    काेराेना भाइरस(कोभिड–१९) को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जसपाले विरोध प्रदर्शन गरेको हो ।

    कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ ।

    महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिरीको नेतृत्वमा जिल्लाको पाल्हिनन्दन गाउँपालिका वडा १ महेशपुर चोकबाट निकालिएको विरोध र्यालीमा नाका खोल्न र कोरोनाको भ्याक्सिन उप्लब्ध गराउनुपर्ने लगायतका माग राख्दै नारावाजी गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार