काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरू भएकाे छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत गएकाले अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पेरिसडाँडामा बैठक जारी छ । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड साेमबार भारत गएका छन्।
बैठकमा आन्दोलनका कार्यक्रमको रणनीति तय गर्ने एजेण्डा छ। साथै एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा छलफल गर्ने लगायतका एजेण्डा रहेको नेताहरुले बताएका छन।
विशेषगरी प्रचण्ड-नेपाल समूहकाे स्थायी कमिटी बैठकले ८ एजेण्डामा छलफल गर्ने बताइएकाे छ। ‘माधव नेपाल अध्यक्ष भएपछि पहिलोपटक औपचारिक रुपमा पार्टी कार्यालयमा सुरु भएको बैठकले संसद विघटनबारे संघर्षका कार्यक्रम, केपी ओली गुटको विभाजनकारी कदमले पारेका प्रभाव, प्रदेश सभा र सरकारबारे, प्रदेश तथा जिल्ला कमिटी, जनबर्गीय संगठन र मोर्चाका पदाधिकारीका सम्बन्धमा तथा पार्टी एकताको कार्यभार लगायतका विषयमा बैठकमा छलफल भइरहेको छ।
आइतवारको बैठकमा माधव नेपालले ओलीसँगको सम्बन्ध तथा ओलीबाट भएको पार्टीको विधान विपरीतका क्रियाकलापबारे स्थायी कमिटी सदस्यलाई जानकारी गराएका थिए। बैठकले पार्टी एकता टुंग्याउन तथा नेताहरुको कार्यविभाजनका लागि माधव नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। अध्यक्ष प्रचण्ड र नेपालले आइतवारको बैठकलाई सम्बोधन गरेका थिए।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend