Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा एकैदिन १ हजार ३८७ काेराेना संक्रमितको मृत्यु


    सोमबार, पुष २० २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा एकैदिन १ हजार ३८७ कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएकाे छ ।

    पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ३३७ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म १ करोड २४ लाख ३६ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ८३ लाख १६ हजार ४९२ जनामध्ये २९ हजार ३६४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार