Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई भारतीय पक्राउ


    सोमबार, पुष २० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरी प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।

    कपिलवस्तुबाट काठमाडाैं आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ प्रहरीले बरामद गरेकाे थियाे । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार