Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एसपीको निर्देशनमा बाँकेमा बढ्यो तस्करी, घुमुवा खटाएर घुस असुली


    सोमबार, पुष २० २०७७
    2.3K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • अशोक बम, तिर्थ भाट र सन्तोष शर्मा

    बाँके । कोरोना महामारीका कारण कारण सिंगो देशको अर्थतन्त्र धरासायी भएको समयमा सीमाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बलका हाकिमलाई भने कमाउधन्दा संचालन गर्नकै ध्याउन्न रहेको छ । सशस्त्रका सीमाको सुरक्षार्थ खटिएका हाकिमहरु कोरोना महामारीमा कमाउने मौका यही हो भन्दै तस्करहरूसँग  खुलेआम मोलमोलाई गरी पैसा असुली कार्यमा ब्यस्त छन् । जसका कारण यतिबेला बाँकेमा तस्करी मौलाएको छ । बाँकेको बढैया बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक बिनोदराज श्रेष्ठले आफैं सेन्ट्री बसेर लत्ताकपडा, खाद्यान्न र गोरु तस्करी गराउँदैआएका छन् । उनले गोरु तस्करी गरेको भिडियो नै नेपालफेसलाई प्राप्त भएको छ ।

    बाँकेको प्रमुख नाका जमुनाह भन्सारमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कार्यक्षेत्रबाट झन् बढी तस्करी हुने गरेको छ । भन्सारबाट तस्करीको सामान पास गराउने सबै चाँजोपाँजो लामो समयदेखि जमुनाह भन्सारमा घुमुवाको रुपमा परिचालित रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माले गर्दैआएका छन् । उनी अहिले तालिमकेन्द्र नौवस्तामा भए पनि हरेक शुक्रबार राति आउट आएर तस्करहरुलाई भेटी इन्स्पेक्टर, एसपीदेखि डीआइजीसम्मलाई दिनुपर्छ नत्र तपाईंहरुको काम कसरी चल्छ भन्दै हप्ता र महिनावारी घुस असुल्ने गरेका छन् । इन्स्पेक्टर बुढा स्वयं  पनि दैनिक सादा पोशाकमा एक्लाएक्लै मोटरसाइकलमा बाहिर घुमी घरायसी सामान लिदै गरेका सर्बसाधारणलाई समेत तस्कर सम्झी जवर्जस्ती दुई सयदेखि ५ सय रुपैयाँसम्म घुस माग्ने गरेको गुनासो छ । घुस नदिनेहरुको सामान जफत गरी भन्सारमा बुझाउने गरेका छन् । तर लाखौं करोडौैको सामान तस्करी गर्नेहरुलाई निर्वाध छाड्ने गरेका छन् ।

    त्यस्तै बोर्डर आउँट पोस्ट कालाबन्जार र बोर्डर आउँट पोस्ट खडैचाबाट अबैध सिसौको काठ, लत्ताकपडा, सूर्तिजन्य पदार्थ, मोबाइल, मोटरपार्टस तथा महंगा हार्डवेरका सामानहरुको चोरी तस्करी व्यापक रुपमा हुनेगरेको छ । बाँकेकै दुर्गम मानिने बोर्डर आउटपोस्ट कटकुईया, नरैनापुर र गंगापरस्पुरका सशस्त्र प्रहरी निरीक्षकहरुले समेत तस्करीबाट मासिक लाइन बुझी सामान ओसारपसार गर्न दिएका छन्  ।

     यसरी जिल्लाका सबै बिओपीका इन्चार्जहरुले मासिक लाइन बुझी अबैध तस्करी गराउँदा राज्यलाई करोडौं राजस्व नोक्सान हुन पुगेको छ । यस्तो तस्करी कार्य गराउन मुख्य भूमिका निभाउने खेलाडी हुन सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाट । उनी बिगत दशौ बर्षदेखि दरबन्दी जहाँ भए पनि  बाँकेमै घुमुवाको रुपमा परिचालित रहेका छन् । असर्ई भाटले अहिले पनि प्रत्येक तस्करहरुसंँग डीआइजी किशोर प्रधान र एसपी अशोक बमको नाममा मासिक दररेट तोकेर माग्ने गरेका छन् । हाल उनी नौबस्ता तालिमकेन्द्रमा तालिमरत भएता पनि आफ्नो सहायकको रुपमा सिपाही जयराम यादवलाई घुमुवा खटाएर गएका छन् । आफूचाहिँ प्रत्यक हप्ताको शुक्रबार राति बाहिर आई तस्करहरुलाई भेटी जयराम यादवले उठाएको लाइनको हिसाबकिताब गर्ने गरेका छन् ।

    असई भाटले तस्करहरुबाट असुलेको रकमले नेपालगंज बजारमा दुई वटा जिमहल संचालन गरेका छन् । ठाउँ ठाँउमा घडेरी र बर्दियामा आफन्तको नाममा जग्गा जोड्न सफल भएको स्रोत बताउँछ । जिल्लाभरी तस्करी धन्दा  मौलाउँदा समेत सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति एसपी अशोक बम आँखा चिम्लिएर मुकदर्शक भई बस्नुले पनि उनले समेत हिस्सा लिएको कुरालाई पुष्टि गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार