काठमाडाैं । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारूढ दल नेकपा दुई चिरामा विभाजित छ । यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पनि त्यसैकाे सिराेपर गरेझै दुई धारमा नै देखिएकाे छ ।
सभापति शेरबहादुर देउवाले पार्टीमा दाेहाेराे भूमिका खेलेकाे भन्दै चर्काे विराेध हुने गरेकाे छ। कांग्रेस विरष्ठ नेता रामचन्द्र पाैडेल लगायतका नेताहरूले देउवाकाे भूमिकाप्रति चित्त बुझाएका छैनन् । उनीहरूले पार्टीकाे केन्द्रीय समितिमा देउवाकाे खुलेर बिराेध गरेका छन् ।
बिशेषगरी देउवाले संवैधानिक नियुक्तिमा भागवण्डा गरेकाे पाैडेल पक्षकाे आराेप छ । आज बस्ने केन्द्रीय समितिकाे बैठकमा समेत यी विषय छलफलका लागि उठाउने पाैडेल पक्षले तयारी गरेकाे छ ।
संसद विघटनबारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठकले आइतबारदेखि फेरि निरन्तरता पाए पनि तत्काल कुनै निर्णय भने नहुने कांग्रेसको संस्थापन पक्षका नेताहरुले बताएका छन्।
प्रतिनिधिसभा विघटन सभापति देउवाको मिलोमतोमा भएको आरोप लागेको अवस्थामा संस्थापन पक्षले त्यसलाई बल पुग्ने गरी केन्द्रीय समितिको बैठक लम्ब्याउने तथा ठोस निर्णय नगर्ने योजना बनाएको देखिन्छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आक्रामक रुपमा सडक आन्दोलनमा जानुपर्ने बताइ रहे पनि संस्थापन पक्ष भने सर्वोच्च अदालतको निर्णय कुर्ने बहानामा ‘छलफल गर्ने तर निर्णय नगर्ने’ रणनीतिमा छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend