Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाघको आक्रमण बढेपछि राति राजमार्गमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बर्दिया निकुञ्ज क्षेत्रमा बाघको आक्रमण बढ्दै गएपछि  राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा रातको समयमा पैदल, साइकल र मोटरसाइकल यात्रामा रोक लगाइएको छ ।निकुञ्ज भित्र पर्ने पूर्वपश्चिम राजमार्गको अम्रेनी(कर्णाली चिसापानी सडकखण्ड )मा विगत केही महिनादेखि पाटे बाघको चहलपहल बढेको छ । गत शुक्रबार बर्दिया निकुञ्ज क्षेत्रमा मोटरसाइकलमा पछाडि बसेकी महिलालाई बाघले झम्टेर लछारदै घना जंगलमा लगेर मारेको  थियो ।मृतक महिला  कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरीकी ५२ वर्षीया नन्दकला थापा हुन् । छोरा सन्तोषको मोटरसाइकलमा पछाडि बसेकी उनी कोहलपुर हुँदै घर जान हिँडेकी थिइन् ।
     मोटरसाइकलमा जाँदै गर्दा बेलुकी करिब ९ बजे घुम्ना पुलनजिक घटना भएको थियो ।नन्दकलाको शव क्षतविक्षत अवस्थामा शनिबार दिउँसो राजमार्गदेखि दक्षिण घना वनको दुई किलोमिटर पर फेला परेको हो । यसरी बाघकको आक्रमण दिनानु दिन बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सूचना प्रकाशित गरि यहि पौष १८ गतेदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबारको घटनापछि सो क्षेत्रमा सेनाले गस्ती बढाएको छ ।

    nikunja notice.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार