Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै


    शुक्रबार, फाल्गुन ९ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजवाट सुरू हुँदैछ ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको बक्तब्यले उत्साहित भएको राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले आजवाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

    राप्रपाका महामन्त्री एव सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत भण्डाफोर कार्यक्रम पोखरावाट सुरू हुँदैछ ।

    उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार