Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ वर्षीय बालककाे हत्या आरोपमा ५ जना पक्राउ


    शुक्रबार, पुष १७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले बालककाे हत्या अगरेकाे आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव रायलगायत पाँच जना छन्। उनीहरूलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

    उनीहरूलाई बिदेह नगरपालिका-२ दुहबी बस्ने जीवन रायका छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेकाे हाे । 

    प्रहरीका अनुसार ६ वर्षीय अभिन्दन घर अगाडि खेल्ने क्रममा बुधबार दिउँसोबाट वेपत्ता भएका थिए। बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको थियो।

    उक्त जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरी चौकी दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। आवश्यक अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार