Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छायाँ सेन्टरका विरोधीलाई मजदुरहरुको चेतावनी


    बिहिबार, पुष १६ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेलको पिछडिएको भगवानबहाल क्षेत्रलाई राजधानीको आर्थिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले स्थापना भएको छाँया देवी कम्प्लेक्सको विरोध गर्नेहरुलाई सम्बद्ध मजदूर युनियनहरुले चेतावनी दिएका छन् ।

    नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रीय कमिटी र नेपाल टेकिङ, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलायन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन(युनिट्राभ), केन्द्रीय कमिटीहरुले संयुक्त रुपममा यस्तो चेतावनी दिएका हुन् । छाँया सेन्टरमा सञ्चालित विभिन्न व्यवसायमा हाल १२०० मजदुर कार्यरत छन् ।

    दुवै मजदूर संगठनहरुका तर्फबाट प्रधानलाई बुझाइएको चेतावनीयुक्त ज्ञापनपत्रमा प्रचलित कानून अनुसार अनुमति लिएर छायाँदेवी कम्प्लेक्समा निर्बाध रुपमा वैधानिक व्यवसायिकक्रियाकलापसञ्चालन गर्न पाउने सबैधानिक हक र अधिकारमा अवरोध सिर्जना गर्दै मजदुरहरुमाथि चुनौती सृजना गरिएको उल्लेख गर्दै भनिएको छ,“तपाई लगायतले नियमित हस्तक्षेप गरी ग्राहक भड्काउने अतिथिहरुलाई दबाब दिने, बिशिष्ट पाहुनातथाप्रमुखअतिथिहरुलाई छायाँ देबि कम्प्लेक्स वा छायाँ सेन्टरमा हुने कुनै पनि कार्यक्रममा सरीक नहुन दबाब सृजना गर्नुका साथै मेरियट ईन्टरनेशनल, भि.एफ.एस. (अन्तर्राष्ट्रिय भिषा सहजीकरण कार्यालय)का अन्र्तराष्ट्रिय हेडक्वाटरहरु लगायत बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्बन्धमा दबाब दिनुको साथै सामाजिक संजालहरुमार्फत् गलत सन्देश प्रवाह गरी व्यवसायिक साझेदारी प्रवर्धन तथा प्रतिष्ठामाथि क्रमबद्ध आक्रमण भइरहेका कारण त्यहाँ रहेका करिब १२ सय मजदुर तथा स्वरोजगार व्यवसायीहरुको जीवननिर्वाह समेत धरापमा पर्न गएको छ ।”

    मजदूर प्रतिनिधिहरुले यस्ता क्रियाकलापले छाँया सेन्टरमा व्यवसायरत साना तथा स्वरोजगार व्यवसायी, त्यहाँ कार्यरत मजदूरहरु र तिनका आश्रित परिवारका साथै देशको पर्यटकीय र आर्थिक क्रियाकलापमा पनि असर पर्न गएको उल्लेख गर्दै भनेका छन्,“उपरोक्त अवाञ्छित क्रियाकलाप तथा व्यवसायमाथिको दुश्प्रचार तथा आक्रमण रोकी तपाई आफैंद्धारा दायर मुद्धामाथि सम्मानित अदालतको निर्णय प्रतिनिष्ठायुक्त प्रतिबद्धता ३ दिनभित्र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रीय कमिटी र नेपाल ट्रेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलायन्स, सस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन(युनिट्राभ), केन्द्रिय कमिटिमा जानकारी गराउन हुन अनुरोध गरिएको छ । अन्यथातपाईको अवाञ्छित गतिबिधिबिरुद्ध मजदुरको रोजीरोटीसहित हकहीतका निम्ति उत्रन बाध्य हुने व्यहोरा अवगत गराइन्छ ।”

    युनिट्राभ केन्द्रीय कमिटिका महासचिव रामबहादुर श्रेष्ठको नेतृत्वमा गएको मजदुरहरुको समूहले बुझाएको ज्ञापनपत्रमा अध्यक्ष, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, केन्द्रीय कमिटिका अध्यक्ष सूर्यबहादुर कुँवर र युनिट्राभ केन्द्रीय कमिटीका अध्यक्ष सुमन पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।

    विश्वस्तरीय एलफट् होटल अवस्थित छाँया कम्प्लेक्समा काठमाडौंका प्रतिष्ठित नेवार समुदाय र नेपालका प्रतिष्ठित व्यापारिक घरानाको अर्बौको लगानी रहेको छ । यो सेन्टरमा होटल बाहेक स्तरीय क्यासिनो, नाईट क्लब, रेस्टुेन्ट तथा कफि सप, सिनेमा घर र विश्वका प्रतिष्ठित कम्पनीहरुका ब्राण्डेड सामानहरुको शो रुम रहेको छ ।

    यस छायाँदेवी कम्प्लेक्सले खरिद गरेको जग्गाका बारेमा कुनै विवाद नरहेको पत्र विक्रमशील महाविहार सिंहसार्थ बाहु गरुड भगवान गुठीले छाँयादेवी कम्प्लेक्सलाई दिइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार