Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालकाे पछिल्लाे राजनीतिक घटनाक्रम आन्तरिक मामिला हाे : अमेरिकी दूतावास


    बिहिबार, पुष १६ २०७७
    2.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटनलगायतका नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई लिएर अमेरिकाले पनि मुख खोलेको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई चीन र भारतले जस्तै नेपालको आन्तरिक मामिला भनेको छ । यसअघि चीन र भारतले पछिल्लाे राजनीतिक घटनाक्रमलाई आन्तरिक मामिला भनेका थिए ।

    ‘यो नेपालका सार्वभौम संस्थाहरु र राजनीतिक दलहरुले आफ्नो लोकतान्त्रिक संवैधानिक प्रक्रिया र कानूनको शासनअनुरुप समाधान गर्ने आन्तरिक मामिला हो ।’ दूतावासकी प्रवक्ता आना रिची–एलेनले भनेकी छिन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाभित्रको विवादका कारण पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपालमा नयाँ राजनीतिक संकट देखा परेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार