Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री अर्याल


    बिहिबार, पुष १६ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडाैँ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । 
     
    मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताउनुभयो । 
     
    “अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तर अब प्राङ्गारिक मलमा जोड दिउँ, रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ।”
     
    चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने उल्लेख गर्दै उहाँले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने र कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । “हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ, त्यसको लेखाजोखा गर्नुस”, मन्त्री अर्यालले भन्नुभयो, “अनुदानका कार्यक्रमलाई पुनः विचार गरौँ, यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।”
     
    अनुगमन नतिजालाई हेरेर काम अगाडी बढाउदै भोली कसैले प्रश्न गर्न नसक्ने गरी अनुगमन गर्न उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “विकृति नआउनेगरी काम गर्नुहोला, स्वस्थ अनुगमन प्रणाली विकास गर्नुस्, वार्षिक कार्यक्रममा केन्द्रित हुदै तथ्यमा आधारित भएर काम गर्नुस् ।”
     
    मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको र मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भए पनि काम देखिने गरी अगाडि बढ्नुपर्ने बताउनुभयोे । 

    पशुपक्षी सचिव डा प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने र केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएकाले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताउनुभयो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार