Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे १८ किलो अफिमसहित तीन जना पक्राउ


    बिहिबार, पुष १६ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रुकुमपूर्व । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले १८ किलो ५ सय ग्राम लागूऔषध अफिमसहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भूमे गाउँपालिका–३, झुम्लाबाङका ३४ वर्षीय ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४, अमलाचौरका ५८ वर्षीय मन्सराम खत्री र भूमे गाउँपालिका–३, झुम्लाबाङ घर भइ वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षीय हिक्मत पुन रहेका छन् । उनीहरू छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।

    उनका अनुसार ताराप्रसाद र मन्सरामलाई १४ गते राति ११:५० बजे सिस्ने गाउँपालिका–६ को छिप्रिदहस्थित एक होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको डिएसपी बज्राचार्यले बताए ।

    १४ गते दुई जनालाई पक्राउ गरी थप अनुसन्धान गर्दा हिक्मत पनि अफिम कारोबारमा संलग्न भएको खुलेको हो । ५ किलो ५ सय ग्राम अफिमसहित हिक्मतलाई पनि प्रहरी बिहीबार पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार